काठमाडौं । नेपाल धितोपत्र बोर्डले उत्पादनमूलक कम्पनीलाई सेयर बजारमा भित्राउने प्रक्रिया अघि बढाएको छ । यसका लागि बोर्डले बुक बिल्डिङ प्रणाली लागु गर्ने तयारी गरेको छ ।
बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सेयर बजारको विकास तथा विस्तारको लागि सो कार्य अघि बढाएको बोर्डका अध्यक्ष रेवतवहादुर कार्कीले बताए । ‘संगठित संस्थालाई धितोपत्रको निष्काशन प्रिमियम मूल्य जान पाउने व्यवस्था गर्न लागिएको हो,’ उनले भने ।
बोर्डले नयाँ स्टक एक्सचेन्स खोल्ने प्रक्रिया पनि अघि बढाएको छ । बोर्डले नयाँ स्टक एक्सचेन्ज खोल्न प्रक्रिया अघि बढाउने घोषणा समेत गरेको छ । आगामी आवको कार्ययोजनामा सरकारी लगानीमा स्थापना भएको नेपाल स्टक एक्सचेन्ज सुधार गर्ने योजना पनि बोर्डले बनाएको छ । हाल उक्त स्टक एक्सचेन्जबाट मात्र सेयर कारोबार हुँदै आएको छ ।