काठमाडौँ । प्रभु बैंक लिमिटेडले निक्षेकर्ताहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले साउन १ गतेदेखि प्रभु वेलकम र प्रभु स्यालरी सेभिङ बचत खाताहरुमा औषधोपचार र दुर्घटना बीमा सुविधा दिने भएको छ ।
यो सुविधाको माध्यमबाट प्रभु वेलकम र प्रभु स्यालरी सेभिङ खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेकर्ताहरुको औषधोपचार बीमा बापत रु. ३ लाख र दुर्घटना बीमा बापत रु १० लाख सम्मको जोखिम बैंकले वहन गर्नेछ ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको यस बिमा सुबिधाले यी दुई बचत खाता योजना अन्तर्गत खाता हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने बिभिन्न १५० प्रकारका रोगहरुको उपचार पश्चात बिमा दावी गर्नसक्ने छन् । अकल्पनीय दुर्घटनाबाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बीमा दावी गरी लाभान्वित हुने बिश्वास बैंकले लिएको छ ।