
काठमाडौ । कर्जासँग प्रत्यक्ष सम्बन्धित बीमा पोलिसी मात्र बिक्री गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा यस्तो कुरा उल्लेख छ ।
आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. चिरञ्जीवी नेपालले बैक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ऋणी स्वयम्ले छनोट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पतीको बीमा गर्न पाउने उल्लेख गरे ।