अन्तःशुल्कका दरहरुमा ८ देखि १५ प्रतिशतसम्म वृद्धि

<p>काठमाडौं, १८ जेठ । सरकारले अन्तःशुल्कमा ८ देखि १५ प्रतिशतसम्म वृद्धि गरेको छ । सरकारले आर्थिक अध्यादेश २०७३ मार्फत भौतिक नियन्त्रण र स्वंय निष्काशन प्रणाली अन्तर्गतका मदिराजन्य र सूर्तीजन्य वस्तुहरुमा लाग्ने अन्तःशुल्क सो मात्रामा बढाएको हो । के हो अन्तःशुल्क ? अन्तःशुल्क वस्तुको आन्तरिक उत्पादन तथा पैठारीमा लाग्ने कर हो । करको भार अन्तिम उपभोक्तामा [&hellip;]</p>

tax-150x150काठमाडौं, १८ जेठ । सरकारले अन्तःशुल्कमा ८ देखि १५ प्रतिशतसम्म वृद्धि गरेको छ । सरकारले आर्थिक अध्यादेश २०७३ मार्फत भौतिक नियन्त्रण र स्वंय निष्काशन प्रणाली अन्तर्गतका मदिराजन्य र सूर्तीजन्य वस्तुहरुमा लाग्ने अन्तःशुल्क सो मात्रामा बढाएको हो ।
के हो अन्तःशुल्क ?
अन्तःशुल्क वस्तुको आन्तरिक उत्पादन तथा पैठारीमा लाग्ने कर हो । करको भार अन्तिम उपभोक्तामा पर्ने भएकाले यो अप्रत्यक्ष कर पनि हो । सिद्धान्ततः मानवीय स्वास्थ्य र वातावरणीय स्वास्थ्यमा प्रतिकूल असर पु¥याउने वस्तुहरु तथा विलासिताका वस्तुहरुमा अन्तःशुल्क लगाइने गरिन्छ । तर व्यवहारमा नेपाल विश्व व्यापार संगठनको सदस्य भएपछि भन्सार शुल्कको दर घटाउदै लगेको सन्दर्भमा उक्त शुल्कको क्षतिपूर्तिको लागि पैठारी भएर आउने टेलिभिजन, टेलिफोन, माइक्रोफोन, जंक फुड्स, सिमेन्ट, मार्वल, टाइल्स, फलाम, पेन्ट्स, अप्टिकल फाइवर आदि वस्तुहरुमा पनि अन्तःशुल्क असुल उपर गर्ने गरिएको छ ।

अन्तःशुल्क परिमाणगत र मूल्यगत आधारमा लगाइन्छ । मदिराजन्य पदार्थ, चुरोट तथा सूर्तीजन्य पदार्थ एवं फलाम आदिमा परिमाणगत आधारमा र टेलिभिजन, प्लाष्टिकजन्य वस्तु, सवारी साधन आदिमा मूल्यगत आधारमा अन्तःशुल्क लगाइएको छ । अन्तःशुल्क राजस्व चुहावट नियन्त्रणका लागि विभिन्न उपायहरु अपनाइएका छन् त्यसमध्ये त्यसको प्रशासन पनि पर्दछ । अन्तःशुल्क प्रशासन भौतिक नियन्त्रण र स्वयं निष्काशन प्रणालीमा आधारित छ ।

मदिराजन्य पदार्थ, वियर, मोलासेस जस्ता पदार्थको उत्पादन र बिक्री वितरणको प्रशासन भौतिक नियन्त्रण प्रणाली अन्तर्गत गरिन्छ भने चुरोट, सूर्तीजन्य वस्तु, टेलिभिजन, सवारी साधन, फलाम, पेन्ट्स, प्लाष्टिकजन्य वस्तुको उत्पादनको प्रशासन स्वयं निष्काशन प्रणाली अन्तर्गत गरिएको छ । अन्तशुल्क प्रशासन आफैमा जटिल र अर्ध न्यायिक प्रकृतिको हुन्छ । अन्तःशुल्क राजस्वको दर उच्च हुने भएकोले राजस्व चुहावटको संभावना पनि त्यतिकै हुने गर्छ । सरकारको दैनिक राज्य व्यवस्था संचालन र पूँजीगत निर्माणका लागि आवश्यक पर्ने राजस्वको महत्वपूर्ण स्रोत अन्तःशुल्क पनि हो ।

जौबाट बनेको वियरको अन्तःशुल्क ८ प्रतिशत बढेको छ भने स्वदेशमै निर्मित वाइनको अन्तःशुल्क १२ प्रतिशतले बढेको छ । त्यस्तै, छ्याङ(कन्ट्रि वाइन)को अन्तःशुल्क १० प्रतिशतले वृद्धि भएको छ । स्वदेशमा उत्पादित साइडर मदिरामा ८ प्रतिशत, ४८ दशमलब ५ प्रतिशत हल्कोहल युक्त युपी शक्ति लगायतको अन्तःशुल्क १५ प्रतिशतले बढेको छ ।
फिल्टर नभएको चुरोटमा ८ प्रतिशत फिल्टर भएको ७० मिमी लम्बाईका चुरोमा १० प्रतिशत र ८५ मिमी भन्दा बढि लम्बाई भएका चुरोटमा १५ प्रतिशतले अन्तःशुल्क वृद्धि गरिएको छ । जर्दा खैनी, गुट्खा आदीमा १२ प्रतिशत अन्तःशुल्क वृद्धि गरिएको छ ।

Share News