प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा भदौ १ गते, बुक क्लोज कहिले ?

<p>काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७ औँ वार्षिक साधारण सभा भदौ १ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले दियालो लर्डस प्लाला, आर्दशनगर वीरगञ्जमा दिउँसो ३ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजका लागि साउन २० गतेदेखि भदौ १ गतेसम्म कम्पनीको सेयर दाखिला, खारेज दर्ता बन्द(बुक [&hellip;]</p>


काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७ औँ वार्षिक साधारण सभा भदौ १ गते हुने भएको छ ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले दियालो लर्डस प्लाला, आर्दशनगर वीरगञ्जमा दिउँसो ३ बजे साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभा प्रयोजका लागि साउन २० गतेदेखि भदौ १ गतेसम्म कम्पनीको सेयर दाखिला, खारेज दर्ता बन्द(बुक क्लोज) रहने कम्पनीले जनाएको छ ।

साधारण सभाले आव २०७४/०७५ को वार्षिक प्रतिवेदन र आव २०७४/०७५ को नाफा नोक्सान तथा आयव्यय हिसाव र सोही अवधिको नगद प्रवाह विवरण छलफल सहित पारित गर्ने कार्यसूची रहेको छ ।

Share News