पुँजीगत लाभकरको विषयमा सहमति जुट्यो, सेवोनले बैठक बोलाएर टुंगो लगाउने

<p>काठमाडौं । धितोपत्र बजारमा लामो समयदेखि देखिएको पुँजीगत लाभकरको विवाद टुंगो लागेको छ । अर्थ मन्त्रालयमा बुधबार आयोजित ५ वटा लगानीकर्ता संघ, ब्रोकर संघ, नेप्से, सीडीएस, सेवान तथा अर्थ मन्त्रालयका प्रतिनिधिबीच भएको छलफलबाट पुँजीगत लाभकर सम्बन्धी विवाद टुंगो लगाएको हो । आज आयोजित छलफल कार्यक्रमले शुरुदेखि (२०५८साल) कै भारित औसत मूल्य निकालेर पुँजीगत लाभकर गणना गरिने [&hellip;]</p>

काठमाडौं । धितोपत्र बजारमा लामो समयदेखि देखिएको पुँजीगत लाभकरको विवाद टुंगो लागेको छ ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित ५ वटा लगानीकर्ता संघ, ब्रोकर संघ, नेप्से, सीडीएस, सेवान तथा अर्थ मन्त्रालयका प्रतिनिधिबीच भएको छलफलबाट पुँजीगत लाभकर सम्बन्धी विवाद टुंगो लगाएको हो ।

आज आयोजित छलफल कार्यक्रमले शुरुदेखि (२०५८साल) कै भारित औसत मूल्य निकालेर पुँजीगत लाभकर गणना गरिने नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । आजै धितोपत्र बोर्डको बैठक बसेर पुँजीगत लाभकर गणना सम्बन्धी सो सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउने भएको छ ।

‘२०५८ सालदेखि गत असार मसान्तको मूल्यबाट भारित औषत निकाले पुँजीगत लाभकर गणना गर्ने सहमति भएको छ,’ रौनियारले भने ‘ व्यक्ति पिच्छे यसरी गणना गर्दा झण्झटिलो हुने भएपछि हरेक कम्पनीको सोही विधिअनुसार गणना समझदारी भएको हो ।’

छलफलमा नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ र नेपाल पुँजीबजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता दबाव समुह र नेपाल पुँजी बजार संघका प्रतिनिधि गरी आठ जनाको सहभागीता रहेको थियो । अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखा प्रमुख तोयम रायको नेतृत्वमा भएको छलफलमा आन्तरिक राजस्व विभागका उप महानिर्देशक यज्ञ ढुंगेल र अधिकृत चण्डी घिमिरेको सहभागीता रहेको थियो ।

Share News