४ अंकले घट्यो नेप्से, ४४ करोडको कारोबार

<p>काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गरिरावट आएको छ । नेप्से परिसूचक ४.५५ अंकले घटेको छ । ०.३६ प्रतिशतले घट्दा नेप्से परिसूचक १२५५.०९ बिन्दुमा पुगेको हो । सोमबार सेयर बजारमा १६७ कम्पनीले कारोबार गरेका छन् । १५ लाख ५ हजार ५ सय ६ कित्ता सेयर किनबेच हुँदा ४४ करोड ३२ लाख ५ हजार ४ [&hellip;]</p>

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गरिरावट आएको छ । नेप्से परिसूचक ४.५५ अंकले घटेको छ । ०.३६ प्रतिशतले घट्दा नेप्से परिसूचक १२५५.०९ बिन्दुमा पुगेको हो ।

सोमबार सेयर बजारमा १६७ कम्पनीले कारोबार गरेका छन् । १५ लाख ५ हजार ५ सय ६ कित्ता सेयर किनबेच हुँदा ४४ करोड ३२ लाख ५ हजार ४ सय ८१ रुपैयाँको कारोबार भएको छ ।

बजार घटेको दिन नेप्सेका २ सूचक मात्र हरियो देखिएका छन् भने अन्य सूचक राता छन् । बैक समूह २.८३, होटल समूह ३.८६, विकास बैक समूह ३.४४,जलविद्युत समूह १.८२, वित्तीय समूह ३.५२, उत्पादन मूलक समूह १६.०९, अन्य समूह २.९१, माईक्रोफाईनान्स समूह २७.०२, जीवन बीमा समूह २१.८४ अंकले घटेका छन् ।

निर्जीवन बीमा समूह ३.४९ अंकले बढेका छन् भने म्युचुअल फण्ड समूह ०.११ अंकले बढेका छन् । स्वाभिमान लघु वित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबै भन्दा धेरै आर्जन गरेका छन् । त्यस्तै, स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Share News