गण्डकी विकास बैकद्धारा बीमा दावी रकम भूक्तानी

<p>काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडद्वारा सञ्चालित लघुवित्त कार्यक्रम अन्र्तगत समूहमा आवद्ध पोखरा महानगरपालिका–११, रानीपौवा निवासी बर्ष ५६ की समूह सदस्य शान्ती लाभाजुको गत बैशाखमा आकस्मिक निधन भएकोमा श्रीमान् चन्द्रबहादुर लाभाजुलाई बीमा दावी रकम भूक्तानी गरिएको छ । स्व. लाभाजुले बिगत सात वर्षदेखि बैंकबाट सामूहिक जमानीमा पटक पटक विना धितो कर्जा लिई व्यापार व्यवसाय गर्दै [&hellip;]</p>


काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडद्वारा सञ्चालित लघुवित्त कार्यक्रम अन्र्तगत समूहमा आवद्ध पोखरा महानगरपालिका–११, रानीपौवा निवासी बर्ष ५६ की समूह सदस्य शान्ती लाभाजुको गत बैशाखमा आकस्मिक निधन भएकोमा श्रीमान् चन्द्रबहादुर लाभाजुलाई बीमा दावी रकम भूक्तानी गरिएको छ ।

स्व. लाभाजुले बिगत सात वर्षदेखि बैंकबाट सामूहिक जमानीमा पटक पटक विना धितो कर्जा लिई व्यापार व्यवसाय गर्दै आएकी थिइन् । बैंकले समूहमा आवद्ध सदस्यहरुलाई बिना धितो कर्जा प्रदान गर्दा मृत्यु पछि परिवारका सदस्यहरुलाई आर्थिक व्ययभार नपरोस् भन्ने अभिप्रायले मेटलाइफ बीमा कम्पनीसँग सम्झौता गरी सदस्यहरुको व्यक्तिगत बीमा गर्ने गरेको छ ।

उक्त विमा दावी रकमस्व. लाभाजुका परिवारप्रति सहानुभूति प्रकट गर्दै बैंकको लघुवित्त विभाग प्रमुख केवी कुमालले रु.१५४,७६९।७८ रुपैयाँको चेक हस्तान्तर गरेका हुन् ।

Share News