एलआईसी नेपालले मनायो १८औं वार्षिकोत्सव

<p>काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपालले) आइतबार स्थापनाको १८औं वार्षिकोत्सव मनाएको छ । देशभर रहेको ७४ शाखा कार्यालयहरुमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो । एलआईसी नेपालले सन् २००१ सेप्टेम्बर १ बाट आफ्नो व्यवसाय शुरु गरेको थियो । १८औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत एलपी दासले एलआईसी नेपालको १८औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको उत्तरोत्तर [&hellip;]</p>


काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपालले) आइतबार स्थापनाको १८औं वार्षिकोत्सव मनाएको छ । देशभर रहेको ७४ शाखा कार्यालयहरुमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो । एलआईसी नेपालले सन् २००१ सेप्टेम्बर १ बाट आफ्नो व्यवसाय शुरु गरेको थियो ।

१८औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत एलपी दासले एलआईसी नेपालको १८औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गर्दै एलआईसी नेपाललाई उत्कृष्ट बीमक बनाउन कार्य गर्ने सवै अभिकर्ता, बजार प्रतिनिधि, एजेन्सी म्यानेजर, कर्मचारी, बीमित, शेयरधनी लगायत शुभेच्छुकहरुप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।

कम्पनीले आ.ब. २०७५÷७६ मा रु. १,३.४१ अर्ब कूल बीमाशुल्क आर्जन गरी रु. ५४.०१ अर्बको जीवन बीमा कोष निर्माण गर्न सफल भएको कम्पनी सचिव विनोदकुमार भुजेलले जनाएका छन् ।

Share News