काठमाडौं । यस वर्षको दसैं चाडलाई लक्षित गर्दे बज्र एण्ड् बज्राचार्य इन्टरप्राइजेज्ले दसैं “फेस्टिफल अफर ” नामक नयाँ ग्राहक योजना बजारमा ल्याएको छ ।
यस योजना अन्तर्गत कुनै पनि ग्राहकले यस इन्टरप्राइजेज्का आउटलेटहरु (वानेश्वर, लगनखेल, ढोलाहिटी र पोखरा ) बाट बाथरुममा प्रयोग हुने सामानहरु किन्दा बिभिन्न सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।
जस्तै– कुनै ग्राहकहरुले एक कमोडको खरिदमा अर्काे एक कमोड सितैमा प्राप्त गर्नेछन् (बाइ वान गेट वान फ्रि । त्यसैगरी उपभोक्ताहरुले अन्य वाथरुममा प्रयोग हुने सामानहरु खरिद गर्दा गिफ्ट ह्याम्पर , क्यास् ब्याक र बिशेष सहुलियत जस्ता सुविधाहरु पनि प्राप्त गर्नेछन् ।
यस उपहार योजना आफ्ना ग्राहकवर्गको हितलाई ध्यानमा राखी उनीहरुलाई बढी भन्दा बढी फाइदा प्रदान गर्ने उदेश्यले ल्याएको र यसले उनीहरुको हामी प्रतिको विश्वासलाई अझै प्रगाढ बनाउन मद्दत पुग्ने कम्पनी स्रोतले बताएको छ ।
यसरी, वज्र एण्ड् बज्राचार्य इन्टरप्राइजेज्ले कोहलर, हिन्दवेयर, सोमनी, जाकोर र सिआरडब्लुजस्ता ख्याती प्राप्त स्यानिटरी व्राण्डहरुको नेपालमा बिक्री बितरण गर्दै आएको छ ।