एलपी ग्यास र हवाई इन्धनको मूल्य घट्यो

<p>काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य घटाएको छ । निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले घटाएर १३ सय ५० रुपैयाँ कायम गरको छ भने बाह्य हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर घटाएको छ । काठमाडौंमा हवाई इन्धनको खुद्रा बिक्री मूल्य बाह्य उडानतर्फ प्रतिकिलोलिटर १ हजार अमेरिकी डलर [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य घटाएको छ । निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले घटाएर १३ सय ५० रुपैयाँ कायम गरको छ भने बाह्य हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर घटाएको छ । काठमाडौंमा हवाई इन्धनको खुद्रा बिक्री मूल्य बाह्य उडानतर्फ प्रतिकिलोलिटर १ हजार अमेरिकी डलर कायम भएको छ ।

शुक्रबार राती १२ बजेदेखि घटेको मूल्य लागू हुने आयल निगमले बताएको छ । पेट्रोल, डिजेल र मट्टितेलको हकमा भने खुद्रा बिक्री मूल्य यथावत राखिएको छ । ।

Share News