लक्ष्मी बैंकले दुई अर्बको ऋणपत्र जारी गर्दै, असोज २३ गतेदेखि बिक्री खुला

<p>काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले कूल दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र(डिबेञ्चर) जारी गर्ने भएको छ । बैंकले आगामी असोज २३ गतेदेखि एक हजार अंकित दरको २० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । ऋणपत्र किन्न चाहने इच्छुकले असोज २३ गतेदेखि छिटोमा असोज २७ गतेसम्म र ढिलोमा कात्तिक २२ गतेसम्म खरिद गर्न सक्नेछन् । सर्वसाधारणहरुले [&hellip;]</p>

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले कूल दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र(डिबेञ्चर) जारी गर्ने भएको छ । बैंकले आगामी असोज २३ गतेदेखि एक हजार अंकित दरको २० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो ।

ऋणपत्र किन्न चाहने इच्छुकले असोज २३ गतेदेखि छिटोमा असोज २७ गतेसम्म र ढिलोमा कात्तिक २२ गतेसम्म खरिद गर्न सक्नेछन् । सर्वसाधारणहरुले न्युनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको ऋणपत्र खरिद गर्न सक्ने छन् ।

१० वर्ष अवधि भुक्तानी भएको यस ऋणपत्रमा वार्षिक १० प्रतिशत व्याज पाइने छ ।

Share News