मेगा बैंकका प्रवद्र्धकले आफूसँगको २१ प्रतिशत सेयर सर्वसाधारणलाई दिने

<p>काठमाडौं, ३ पुस । मेगा बैंकले सेयर संरचना परिवर्तन गर्ने भएको छ । बैंकले अहिले सर्वसाधारणलाई ३० प्रतिशत सेयर दिइरहेको भएपनि अव भने ४९ प्रतिशत सेयर दिन लागेको हो । बैंकले आफ्नो पाचौं बार्षिक साधारणसभावाट सेयर संरचना परिवर्तन गर्न लागेको हो । साधारणसभा आगामी २६ पुसमा हुदैछ । बैंकले पाँचौं बार्षिक साधारणसभाको विषेश प्रश्तावमा सेयर [&hellip;]</p>

काठमाडौं, ३ पुस । मेगा बैंकले सेयर संरचना परिवर्तन गर्ने भएको छ । बैंकले अहिले सर्वसाधारणलाई ३० प्रतिशत सेयर दिइरहेको भएपनि अव भने ४९ प्रतिशत सेयर दिन लागेको हो ।

बैंकले आफ्नो पाचौं बार्षिक साधारणसभावाट सेयर संरचना परिवर्तन गर्न लागेको हो । साधारणसभा आगामी २६ पुसमा हुदैछ ।

बैंकले पाँचौं बार्षिक साधारणसभाको विषेश प्रश्तावमा सेयर संरचना परिवर्तन गरी संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने विषय राखेको छ ।

बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर प्रदान गर्ने विषय पनि साधारणसभामा पेश गर्नेछ । बैंकले अधिकृत पूजी ४ अर्ब रुपैयाँबाट बढाएर १० अर्ब रुपैयाँ पुर्याउने, जारी पूजी २ अर्ब ६० करोडबाट बृद्धि गरी ४ अर्ब ५ करोड पुर्याउने र चुक्ता पूजी पनि २ अर्ब ६० करोडबाट बृद्धि गरी ४ अर्ब ५ करोड रुपैयाँ प्रश्ताव बैंक संचालक समितिको छ ।

यस्तै बैंकले पश्चिमान्चल विकास बैंकसँग मर्जरको लागि सेयर आदानप्रदान अनुपात १०४.२५ः६७ कायम गर्ने प्रश्ताव पनि साधारणसभामा पेश गर्ने भएको छ ।

Share News