चालु आर्थिक बर्ष भित्रै नेपाल औषधी, गोरखकाली टायर र कृषि औजार सञ्चालन हुने

<p>काठमाडौं, ६ पुस । सरकारले चालु आर्थिक बर्षभित्रै नेपाल औषधी लिमिटेड, कृषि औजार कारखाना र गोरखकाली टायर उद्योग सञ्चालन गर्ने भएको छ । उद्योग मन्त्रालय मातहत रहेका यी सरकारी उद्योगहरु यसै आर्थिक बर्षभित्र सञ्चालन गर्न लागिएको उद्योग मन्त्री सोमप्रसाद पाण्डेले बताए । उद्योग मन्त्रालयले यी उद्योगहरु यसै आर्थिक बर्ष भित्रबाट सञ्चालन गर्नेबारे अर्थ मन्त्रालयसँग तीन [&hellip;]</p>

काठमाडौं, ६ पुस । सरकारले चालु आर्थिक बर्षभित्रै नेपाल औषधी लिमिटेड, कृषि औजार कारखाना र गोरखकाली टायर उद्योग सञ्चालन गर्ने भएको छ । उद्योग मन्त्रालय मातहत रहेका यी सरकारी उद्योगहरु यसै आर्थिक बर्षभित्र सञ्चालन गर्न लागिएको उद्योग मन्त्री सोमप्रसाद पाण्डेले बताए ।

Bikashnews.com
उद्योग मन्त्रालयले यी उद्योगहरु यसै आर्थिक बर्ष भित्रबाट सञ्चालन गर्नेबारे अर्थ मन्त्रालयसँग तीन पटक छलफल समेत गरिसकेको छ ।‘बिसौं बर्षदेखि बन्द भएर रुग्ण बनिसकेका यी उद्योगहरु पुन सञ्चालनको तयारी भैरहेको छ, यसबारे अर्थमन्त्रालयसँग पटक पटक छलफल गरिसकियो, सकारात्मक प्रतिक्रिया आएको छ ।’ उद्योग मन्त्री पाण्डेले भने ।
उनका अनुसार आत्मनिर्भर अर्थतन्त्र निर्माणको आधारशिलाका रुपमा रहेका नेपाल औषधी लिमिटेड, कृषि औजार कारखाना र गोरखकाली टायर उद्योग सञ्चालन गर्न लागिएको हो । यी उद्योग सञ्चालनका लागि सरकार आफैंले लगानी गर्ने मनस्थिती बनाएको छ । ‘कुनै न कुनै रुपमा सरकारले लगानी गर्ने निश्चित छ, कति पैसा हाल्ने र कुन मोडलमा जाने भन्नेबारे व्यापक छलफल भैरहेको छ ।’ पाण्डेले भने ।

सरकारले वुटबल धागो कारखाना र बिरगञ्ज चीनी कारखाना समेत सञ्चालन गर्ने बारे छलफल चलाईरहेको छ ।

Share News