काठमाडौं, ६ पुस । सोमबार पूँजी बजार १२ दशमलब ५७ अंकले बढेर ११३१ दशमलब ५२ अंकमा पुगेको छ । सो दिन १२१ कम्पनीको ७ लाख २७ हजार कित्ता सेयर ५० करोड ४६ लाखमा किनबेच भएको हो ।
एनआईसी एसिया बैंकको मात्रै ९ करोड ८० लाख मुल्य बराबरको सेयर किनबेच भएको छ । बैंकले हिजो मात्रै ३९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो । बैंकले बोनस सेयर वितरण गरेपछि ४ः१ को अनुपातमा हकप्रद सेयर समेत जारी गर्ने निर्णय गरेको थियो ।
बोनस सेयर तथा हक प्रद सेयर निष्काशन गर्ने निर्णयका कारण एनआईसी एसियाको सेयर कारोबार बढेको बिश्लेषक रबिन्द्र भट्टराईले बताए । उनका अनुसार एसबिआई बैंकको समेत बोनस सेयर वितरण गर्ने निर्णयको प्रभाव बजारमा परेको छ । सो बैंकको ५ करोड ३० लाख मुल्य बराबरको सेयर किनबेच भएको छ ।
सोमबार बैंकिङ समुह १८ दशमब ६६ अंकले बढेको छ भने इन्स्योरेन्स समुह ६४ दशमलब २६ अंकले बढेको छ । उता, उर्जा र होटल समुह भने क्रमशः १६ दशमलब ६१ र २० दशमलब २१ अंकले घटेका छन् ।
