कमल थापाको चीन भ्रमणमा बिप्पा सम्झौता नहुने

<p>काठमाडौं, ७ पुस । उप प्रधान तथा परराष्ट्र मन्त्री कमल थापाको चीन भ्रमणका क्रमम लगानी सुरक्षण तथा प्रवद्र्धन सम्झौता(बिप्पा) नहुने भएको छ । बिप्पा सम्झौताको रोडम्याप तयार पार्ने अख्तियारी पाएको उद्योग मन्त्रालयले आवश्यक तयारी पुरा नभएकाले उप प्रधान तथा परराष्ट्र मन्त्री थापाको चीन भ्रमणका क्रममा बिप्पा सम्झौता नहुने बताएको हो । ‘चीनसँग बिप्पा सम्झौता गर्ने [&hellip;]</p>

काठमाडौं, ७ पुस । उप प्रधान तथा परराष्ट्र मन्त्री कमल थापाको चीन भ्रमणका क्रमम लगानी सुरक्षण तथा प्रवद्र्धन सम्झौता(बिप्पा) नहुने भएको छ । बिप्पा सम्झौताको रोडम्याप तयार पार्ने अख्तियारी पाएको उद्योग मन्त्रालयले आवश्यक तयारी पुरा नभएकाले उप प्रधान तथा परराष्ट्र मन्त्री थापाको चीन भ्रमणका क्रममा बिप्पा सम्झौता नहुने बताएको हो ।

‘चीनसँग बिप्पा सम्झौता गर्ने तयारी भैरहेको छ, तर उपप्रधान मन्त्रीको आसन्न चीन भ्रमणका क्रममा सम्झौता हुने कार्यतालिका छैन ।’ उद्योग मन्त्री सोम प्रसाद पाण्डेले भने ।उप प्रधान तथा पराराष्ट्र मन्त्री कमल थापा भोली(बुधबार) चीन भ्रमणमा जाँदैछन् । सो भ्रमणका क्रममा चीनसँग पारवाहन सम्झौता, इन्धन सम्झौता र स्वतन्त्र व्यापार सम्झौतामा भने हस्ताक्षर हुने उनले जानकारी दिए । भ्रमणमा बिप्पा सम्झौताबारे चिनियाँ पक्षसँग छलफल हुनेछ ।

मन्त्री पाण्डेका अनुसार सो भ्रमणका क्रममा बिप्पा सम्झौता गर्ने सोँच बनेको भएपनि दुबै मुलुकबिच सम्झौताको मस्यौदाबारे आवश्यक तयारी नपुगेकाले तत्काल असम्भव भएको हो । ‘हामीले यहि भ्रमणका क्रममा सम्झौता गर्ने सोँच बनाएका थियौं, तर तयारी सम्पन्न गर्न सकिएन, अब चाँडै सम्झौता गर्छाै’ मन्त्री पाण्डेले भने । भारतसँग गरिएको बिप्पा सम्झौताले भारतीय लगानी अपेक्षाकृत रुपमा भित्र्याउन नसकेको बताउँदै मन्त्री पाण्डेले चीनसँग गर्ने सम्झौताले भने ठुलो मात्रामा चीनियाँ लगानी भित्र्याउने बताए ।

चीनसँग गरिने सम्झौताले राष्ट्रिय पूँजीको संरक्षण गर्दै मुलुकको हितमा चिनियाँ लगानी उपयोग गर्ने उनको दावी छ ।चीनसँगको बिप्पा सम्झौतालाई सरकारले उच्च प्राथमिकतामा राखेको उनको भनाई थियो ।

Share News