सिद्धार्थ डेभलपमेण्ट बैंकमा एकता विकास बैंक र नेपाल आवास वित्त कम्पनी मर्ज हुने

<p>काठमाडौं, ८ पुस । सिद्धार्थ डेभलपमेन्ट बैंक, एकता विकास बैंक र नेपाल आवास फाइनान्स मर्ज हुने भएका छन् । राष्ट्रिय स्तरको सिद्धार्थ डेभलपमेण्ट बैंक, १० जिल्ला कार्यक्षेत्र भएको बुटवलको एकता विकास बैंक र नेपाल आवास वित्त कम्पनीबीच एक आपसमा गाभिने गरि पुस ७ गते सम्झौता भएको सिद्धार्थ डेभलपमेन्ट बैंकमा नायब महाप्रबन्धक सुजन सुवेदीले जानकारी दिए । </p>

काठमाडौं, ८ पुस । सिद्धार्थ डेभलपमेन्ट बैंक, एकता विकास बैंक र नेपाल आवास फाइनान्स मर्ज हुने भएका छन् । राष्ट्रिय स्तरको सिद्धार्थ डेभलपमेण्ट बैंक, १० जिल्ला कार्यक्षेत्र भएको बुटवलको एकता विकास बैंक र नेपाल आवास वित्त कम्पनीबीच एक आपसमा गाभिने गरि पुस ७ गते सम्झौता भएको सिद्धार्थ डेभलपमेन्ट बैंकमा नायब महाप्रबन्धक सुजन सुवेदीले जानकारी दिए ।

bikashnews.com
सिद्धार्थ डेभलपमेण्ट बैंकको केन्द्रीय कार्यालय तीनकुनेमा भएको मर्जर संझौतामा सिद्धार्थ डेभलपमेण्ट बैंकको तर्फबाट बैंक सञ्चालक समितीका सदस्य तथा मर्जर समिति संयोजक रामबहादुर भण्डारी, एकता विकास बैंकका सञ्चालक तथा मर्जर समिति संयोजक खिमनाथ शर्मा तथा नेपाल आवास फाइनान्स कम्पनीका सञ्चालक तथा मर्जर समिति संयोजक खेमराज पन्तले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार मर्जर पश्चात बन्ने नयाँ संस्थाको नाम सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेड रहने छ । त्यस्तै अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दुबै सिद्धार्थ डेभलपमेन्ट बैंकको तर्फबाट रहनेछन् । बैंकले आगामी चैत्र महिनादेखि एकिकृत कारोबार सञ्चालन गर्नेछ ।

मर्जर पश्चात बैंकको चुक्ता पूँजी १ अर्ब १४ करोड ४४ लाख ९० हजार रुपैयाँ हुनेछ । बैंकको कुल निक्षेप १० अर्ब ७ करोड, कर्जा ८ अर्ब ५५ करोड रुपैयाँ हुनेछ भने पूँजी कोष १२.८४ प्रतिशत र निश्क्रिय कर्जा ३.५३ प्रतिशत हुनेछ । मर्जर पश्चात बैंकको शाखा संख्या २९ हुनेछ ।

Share News