सिटिजन लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

<p>काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता भएको छ । सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सिटिजन [&hellip;]</p>

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता भएको छ ।

सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड कान्तिपुर मिडिया ग्रुप, शिखर इन्स्योरेन्स, प्रतिष्ठित एविएशन उद्योगपतिहरु, सफल बैंकरहरु र विभिन्न उद्योगको प्रतिष्ठित प्रतिनिधिहरुद्वारा प्रबद्र्धित कम्पनी हो । कम्पनीले एनसीएचएलसँगको यस साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति जनाउन मद्दत पुग्ने अपेक्षा गरेको छ ।

Share News