काठमाडौं, १८ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दैनिक साढे ११ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको छ । सेयर कारोवारवाट प्राप्त कमिसनबाट नै नेप्सेले दैनिक यति धेरै रकम आम्दानी गर्ने गरेको हो । चालु आर्थिक बर्षमा नेप्सेले लिएको लक्ष्य अनुसार दैनिक ११ लाख ५३ हजार १ सय ५० रुपैयाँ आम्दानी हुनेछ ।
अर्थमन्त्रालयले हालै सार्वजनिक गरेको सार्बजनिक संस्थानहरुको स्थिति समीक्षामा नेप्सेले चालु आर्थिक बर्षमा ४२ करोड ९ लाख रुपैयाँ आम्दानी गर्ने भनिएको छ । यो रकम दैनिक रुपमा हिसाव गर्दा ११ लाख ५३ हजार १ सय ५० रुपैयाँ हुन्छ ।
नेप्सेले गर्ने यस्तो आम्दानीको प्रमुख स्रोत भनेकै सेयर कारोवारवाट प्राप्त हुने कमिसन हो । पूजी बजारको नियामक निकाय धितोपत्र वोर्डले सेयर कारोवारमा लाग्ने कमिसन घटाउन निर्देशन दिए पनि नेप्सेले यस्तो निर्देशन कार्यान्वयन गरेको छैन । आफ्नो आम्दानी कम हुने भएको कारण नै नेप्सले कमिसन नघटाएको उसले प्राप्त गर्ने आम्दानीले पुष्टी गरेको छ ।
नेप्सेले सेयर कारोवारबाट राम्रो आम्दानी प्राप्त गरिरहे पनि बजार सहज र प्रभावकारी बनाउनको लागि पूर्वाधार विकास भने गर्न सकेको छैन । सफ्टवयर स्तरोन्नतिदेखि आफ्नो सिस्टम अत्याधुनिक गर्ने काम पनि नेप्सेले गरेको छैन ।