नेशनल माइक्रोफाइनान्सद्धारा तीन दिने ‘पोर्टफोलियो म्यानेजमेन्ट एण्ड लिडरसीप’ तालिम सम्पन्न

<p>काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले तीन दिने ‘पोर्टफोलियो म्यानेजमेन्ट एण्ड लिडरसीप’ तालिम कार्यक्रम सम्पन्न गरेको छ । कात्तिक २७ गतेदेखी संस्थाको केन्द्रीय कार्यालयस्थित धादिङ क्रिक रिसोर्ट धादिङबेसीमा सञ्चालन भएको उक्त तालिम कात्तिक २९ गते सम्पन्न भएको हो । संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले उदघाटन गरेका उक्त तालिममा संस्थाको ३२ वटा शाखा कार्यालयको सहायक [&hellip;]</p>

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले तीन दिने ‘पोर्टफोलियो म्यानेजमेन्ट एण्ड लिडरसीप’ तालिम कार्यक्रम सम्पन्न गरेको छ । कात्तिक २७ गतेदेखी संस्थाको केन्द्रीय कार्यालयस्थित धादिङ क्रिक रिसोर्ट धादिङबेसीमा सञ्चालन भएको उक्त तालिम कात्तिक २९ गते सम्पन्न भएको हो ।

संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले उदघाटन गरेका उक्त तालिममा संस्थाको ३२ वटा शाखा कार्यालयको सहायक र कनिष्ठ सहायक कर्मचारीहरुको सहभागीता रहेको थियो ।

तालिम कार्यक्रममा प्रशिक्षको रुपमा डा. केदार रायमाझी, प्रमुख अधिकृत रामबहादुर यादव, विभागीय प्रमुखहरु बिजय घिमिरे, काशिराम भट्टराइर्, सिताराम पंडितले सहभागीहरुलाई कर्जा व्यवस्थापन, नेतृत्व शिप विकास, हाल लघुवितहरुमा देखिएको चुनौतिहरुलाई न्युनिकरण गर्ने उपायहरु, धितो कर्जा विकास, लेखा सम्बन्धी साथै सकारात्मक धारणा, स्वयं उत्प्रेरणा र नेतृत्वविकास सम्बन्धित शिर्षकहरु बारेमा प्रशिक्षण गराइएको थियो ।

कार्यक्रमको समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले सबै सहभागीहरुलाई तालिमको प्रमाण पत्र प्रदान गरेका छन् । समापनको अन्तिममा प्रमुख कार्यकारी अधिकृत यादवले सहभागीहरुलाई तालिममा सिकेका विषयबस्तुहरुलाई व्यवहारमा लागु गरि कार्य सम्पादनमा सुधार गर्न सुझाव दिएका छन् ।

Share News