सानिमा लाईफ इन्स्योरेन्सकाे प्रस्तावित ३० प्रतिशत आईपीओ पारित

<p>काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्रस्तावित ३० प्रतिशत साधारण शेयर(आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले हालको जारी पुँजीको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्काशन गर्ने छ । [&hellip;]</p>

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्रस्तावित ३० प्रतिशत साधारण शेयर(आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेबमोजिम कम्पनीले हालको जारी पुँजीको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्काशन गर्ने छ । हाल कम्पनीको अधिकृत पुँजी ३ अर्ब र जारी पुँजी २ अर्ब रुपैयाँ रहेको छ ।

उक्त सभाले आ.व. २०७४/०७५ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु र कम्पनीको आ.व.२०७५/०७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने समेत प्रस्ताव पारित गरेको छ ।

२०७४ मंसिर २२ गतेदेखि जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको कम्पनीले हाल ६४ वटा शाखा/उपशाखा कार्यालयहरुबाट आफ्ना सेवा प्रदान गर्दै आएको छ । बीमा बजारमा विभिन्न र नवीनतम बीमा योजनाहरु पेश गरिरहेको यस कम्पनीले हालै मात्र सिमित अवधि भुक्तानी गर्न मिल्ने सावधिक तथा आजीवन जीवन बीमा “सानिमा धन संचय जीवन बीमा योजना” तथा वित्तीय संस्थाका ऋणीहरुलाई लक्षित गरी “सानिमा कर्जा म्यादी बीमा योजना” पनि जनसमक्ष प्रस्तुत गरेको छ ।

कम्पनीका संचालकहरुमा घनश्याम थापा, डा. सुवर्ण दास श्रेष्ठ, बद्री विशाल घिमिरे तथा स्वतन्त्र संचालक भरत बहादुर थापा छन् ।

Share News