
काठमाडौं । आइएमईले पर्व लक्षित गरी ल्याएको दसैँमा डबलको डबलको डबल अफरको बम्पर विजेता खत्वे विरेन्द्र खाङ्ग बनेका छन् । बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहकावीच सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत खाङ्ग विजेता छनोट भएका हुन् ।
विजेताले मलेसियाबाट ५९ हजार ७ सय ३२ रुपैयाँ पठाएका थिए । सेवाग्राही खाङ्गले आफुले पठाएको रकमको डबलको डबलको डबल अर्थात आठ(८)गुणा ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ रकम पाएका हुन् ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र ब्राण्ड एम्बासडर दीपक राज गिरिलेसंयुक्त रुपमा स्टार्ट बटम क्लिक गरि विजेता छनोट गरेका थिए ।
लक्की ड्र मार्फत बम्पर विजेता घोषणा गरिएको उक्त कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिटेन्सको आप्रवाह घट्ना साथ धेरै आर्थिक क्रियाकलाप खुम्चिने भन्दै विदेशबाट आउने रेमिटेन्सलाई औपचारिक संचालबाट भित्र्याउन र नेपाल आइसकेको रेमिटेन्सलार्ई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न सकेका देशभित्रै रोजगारीका सम्भावना उजागर हुने बताएका छन् । साथै, आइएमईले विदेशमा बसेर आर्जन गरेको पुँजीलाई बैंकिङ्ग सञ्जालमार्फत देशमा भित्र्याउन यस्ता योजनाहरु ल्याउने गरेको उनले बताए । उनले यस्ता पर्व लक्षित योजनाहरुले देशको समग्र अर्थतन्त्र, सेवाग्राही तथा कम्पनीलाई समेत फाइदा पुग्ने बताएका छन् ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले पछिल्लो समयमा रेमिटेन्स आप्रवाह घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै आइएमईले ल्याउने स्कीममा आमसेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको बताउँदै यस वर्ष त्यो सहभागिता झनै बढेकोे बताए ।
सतहत्तर दिनको योजना अवधिमा दैनिक लक्की ड्र मार्फत ११ हजार ९ सय ३१, साप्ताहिक लक्की ड्र मार्फत २२ जना, मासिक लक्की ड्र मार्फत ४ र बम्पर लक्की ड्र मार्फत १ जना सेवाग्राही लाभान्वित भएका कम्पनीले जनाएको छ ।
आइएमईले गत भदौ १५, २०७६ देखि कार्तिक मसान्तसम्म (तद्नुसार सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९ सम्म) कायम हुनेगरी ७७ दिनका लागि सेवाग्राहीमुखी उक्त अफर सार्वजनिक गरेको थियो । अफर अनुसार हरेक दिनआइएमई पेमार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गर्ने योजना ल्याएको थियो ।