
काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन थप ३ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । विकास बैंकले धादिङ्गको मलेखु, पाल्पाको रामपुर तथा कपिलवस्तुको जीतपुरमा गरी तीन स्थानको शाखा सञ्चालनमा ल्याएको हो ।
योसँगै बैंकको ८८ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिट्टै नै जुम्ला लगायत थप ७ वटा शाखाहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको जानकारी प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिएका छन् ।