बज्र ग्रुपको ब्राण्ड एम्बेसडरमा मिस नेपाल श्रृङ्खला खतिवडा नियुक्त

<p>काठमाडौं । बज्र ग्रुपले आफ्नो ब्राण्ड एम्बेसडरमा मिस नेपाल श्रृङ्खला खतिवडालाई नियुक्त गरेको छ । ग्रुपले आगामी एक वर्षको लागि ब्राण्ड एम्बेसडरमा मिस नेपाल खतिवडालाई नियुक्त गरेको हो । “विगत २८ वर्षदेखि बज्र ग्रुपले विविध प्रकारका सेनेटरी उत्पादनहरु वितरण गर्दै आएको छ । जस्तै: बाथरुमका सामान, सेरामिक टाइल्स, फ्लोर लेमिनेट्स, लाभाटोरिज, सुट, निर्माण सामाग्रीहरु र [&hellip;]</p>

काठमाडौं । बज्र ग्रुपले आफ्नो ब्राण्ड एम्बेसडरमा मिस नेपाल श्रृङ्खला खतिवडालाई नियुक्त गरेको छ । ग्रुपले आगामी एक वर्षको लागि ब्राण्ड एम्बेसडरमा मिस नेपाल खतिवडालाई नियुक्त गरेको हो ।

“विगत २८ वर्षदेखि बज्र ग्रुपले विविध प्रकारका सेनेटरी उत्पादनहरु वितरण गर्दै आएको छ । जस्तै: बाथरुमका सामान, सेरामिक टाइल्स, फ्लोर लेमिनेट्स, लाभाटोरिज, सुट, निर्माण सामाग्रीहरु र इसेम्बल्स ईत्यादी । नेपालमा उत्कृष्ट प्रदर्शनको लागी यस ग्रुपले विभिन्न प्रतिष्ठित अवार्डहरु प्राप्त गरेको छ । बज्र ग्रुप देशको सेनेटरी बजारमा ८० प्रतिशत अंश ओगट्न सफल छ ।”

कार्यक्रममा ई. श्रृङ्खला खतिवडाले भने, “म स्वयं एक आर्किटेक्ट हुँ, मैले बज्र ग्रुपको उत्पादनहरु अन्तराष्ट्रिय मापदण्डको गुणस्तर र सर्वसुलभ भएको पाँए । म विश्वस्त छु कि यस सहकार्यले बज्र ग्रुप लाई बजारमा आफ्नो उत्कृष्ट छाप छोड्न अझै उर्जा मिल्नेछ ।”

Share News