गढिमाई मेलाको लागि नेपाल ट्राफिक प्रहरीलाई ज्योति विकास बैंकको सहयोग​

<p>काठमाडाैं । ज्योति विकास बैंकद्धारा नेपाल ट्राफिक प्रहरी क्षेत्रीय कार्यालय प्रदेश नं २लाई १५ थान ब्यारियर गेट सहयोग गरेको छ​। गढिमाई मेलाको समय हुने श्रद्धालुहरुको भीड व्यवस्थापनको लागि बैंकले नेपाल ट्राफिक प्रहरी क्षेत्रीय कार्यालयलाई ब्यारियर गेट प्रदान गरेको हाे। प्रदेश नं२ नेपाल ट्राफिक प्रहरीको पथलैया कार्यालयको प्राङ्गणमा आयोजित हस्तान्तरण कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका एसपी योगबहादुर [&hellip;]</p>

काठमाडाैं । ज्योति विकास बैंकद्धारा नेपाल ट्राफिक प्रहरी क्षेत्रीय कार्यालय प्रदेश नं २लाई १५ थान ब्यारियर गेट सहयोग गरेको छ​। गढिमाई मेलाको समय हुने श्रद्धालुहरुको भीड व्यवस्थापनको लागि बैंकले नेपाल ट्राफिक प्रहरी क्षेत्रीय कार्यालयलाई ब्यारियर गेट प्रदान गरेको हाे।

प्रदेश नं२ नेपाल ट्राफिक प्रहरीको पथलैया कार्यालयको प्राङ्गणमा आयोजित हस्तान्तरण कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका एसपी योगबहादुर पाल​को उपस्थिति रहेको थियो। गढिमाई मेलालाई लक्षित गरि वितरण गरिएको ब्यारियर गेट प्रदेश नं२ भरिको अन्य कार्यक्रमहरुमा उपयोगी हुने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ​।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । साथै, यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जनाएकाे छ । त्यस्तै, यस आर्थिक बर्षभित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ।

Share News