
काठमाडौं । एनआईसी एशिया बैंकले कपिलवस्तु जिल्लाको कृष्णनगरमा विस्तारित नयाँ काउण्टर संचालनमा ल्याएको छ । बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि विस्तारित काउण्टरमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा उक्त शाखा संचालनमा ल्याएको हो ।
बैंकले सञ्चालनमा ल्याएको उक्त विस्तारित काउण्टरको उद्घाटन कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले गरेका हुन् ।
उक्त विस्तारित काउण्टर सञ्चालनमा आएसँगै कृष्णनगर क्षेत्रका ग्राहकहरुलाई बैकिङ्ग सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।