विदेशीलाई गैह्र पर्यटकीय भिषा उपलब्ध गराएको आरोपमा ३५ जनालाई अख्तियारको ७ दिने अल्टिमेटम

<p>काठमाडौं । अध्यागमन विभागबाट नाता कायम नहुने विदेशी नागरिकलाई गैह्र पर्यटकीय भिषा उपलब्ध गराएको आरोपमा ३५ जनालाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले ७ दिने अल्टिमेटम दिएको छ । आयोगले पेमा छिरी तामाङ सहित अन्य ३४ जनासँग यस विषयमा बुझ्नु पर्ने भएको तोकिएको समय सीमाभित्र आयोगमा उपस्थित हुन सूचना प्रकाशित गरेको हो । उनीहरूले गैह्र कानुनी काम [&hellip;]</p>

काठमाडौं । अध्यागमन विभागबाट नाता कायम नहुने विदेशी नागरिकलाई गैह्र पर्यटकीय भिषा उपलब्ध गराएको आरोपमा ३५ जनालाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले ७ दिने अल्टिमेटम दिएको छ । आयोगले पेमा छिरी तामाङ सहित अन्य ३४ जनासँग यस विषयमा बुझ्नु पर्ने भएको तोकिएको समय सीमाभित्र आयोगमा उपस्थित हुन सूचना प्रकाशित गरेको हो ।

उनीहरूले गैह्र कानुनी काम गरेको भन्दै अख्तियारमा उजुरी परेपछि अनुसन्धानको लागि सूचना प्रकाशित गरेको अख्तियारले बताएको छ । आयोगले तोेकेको समयसीमाभित्र उनीहरू अख्तियारको सम्पर्कमा नआए कानुन बमोजिम कारवाही अघि बढाउने जानकारी दिएको छ ।

Share News