ट्याक्सी सेवा प्रविधिमैत्री बन्दै, ट्याक्सीमाण्डू एपको शुभारम्भ

<p>काठमाडौं । यात्रुहरूकाे मागलाई मध्यनजर गर्दै ट्याक्सीमाण्डुले प्रविधीयुक्त एपकाे सुभारम्भ गरेकाे छ । काठमाडाैंमा बिहिबार पत्रकार सम्मेलन गर्दै ट्याक्सीमाण्डु एपको शुभारम्भ गरिएकाे हाे । सुरक्षित महशुस गर्दै समयमा गन्तव्य पुगौँ (फिल सेफ राइड अन टाइम) भन्ने नाराका साथमा एप नेपाली बजारमा ल्याइएको संस्थाले जनाएकाे छ । एपको शुभारम्भको अवसरमा बोल्दै ट्याक्सीमाण्डुका डाइरेक्टर विजय तिमल्सिनाले चालक र यात्रुले [&hellip;]</p>

काठमाडौं । यात्रुहरूकाे मागलाई मध्यनजर गर्दै ट्याक्सीमाण्डुले प्रविधीयुक्त एपकाे सुभारम्भ गरेकाे छ । काठमाडाैंमा बिहिबार पत्रकार सम्मेलन गर्दै ट्याक्सीमाण्डु एपको शुभारम्भ गरिएकाे हाे । सुरक्षित महशुस गर्दै समयमा गन्तव्य पुगौँ (फिल सेफ राइड अन टाइम) भन्ने नाराका साथमा एप नेपाली बजारमा ल्याइएको संस्थाले जनाएकाे छ ।

एपको शुभारम्भको अवसरमा बोल्दै ट्याक्सीमाण्डुका डाइरेक्टर विजय तिमल्सिनाले चालक र यात्रुले एक अर्कोलाई कुर्ने दिन सकिएको बताए । साथै, एप समेत सामान्य किसिमको भएकाले सहजै प्रयोग गर्न सकिने जानकारी दिए । ट्याक्सीमाण्डुका एमडी अर्जुन के.सी.ले विश्व प्रविधि मैत्री बन्दै गएको अवस्थामा नेपाली प्रविधिको सेवा सुविधामा वृद्धी गर्न आवश्यक रहेको बताए ।

आगामी दिनमा ट्याक्सीका ग्राहक तथा ड्राइभरहरूले एक अर्कालाई भेट्न सहज हुने एपको उदेश्य छ ।  अन्य एप जस्तै एन्ड्रोइड मोवाइल सेटका ग्राहकहरूले प्लेस्टोर मार्फत ट्याक्सीमाण्डु एप डाउनलोड गर्न सक्ने छन् । यस्तै, एप्पलका ग्राहकहरूले एप्स स्टोर्स मार्फत सो एप डाउनलोड गर्न सक्ने छन् ।

चालक र यात्रुका लागि छुट्टै किसिमको एप रहेका छन् । यात्रु एप र प्यासेन्जर एप गरेर २ किसिमका एम रहेका छन् । एपको प्रयोगबाट ट्याक्सीमा हुने अपराधिक घटनामा कमी हुने अनुमान गरिएको छ । ह्याम्स अस्पताल र ईसेवाबीच सहकार्य गरेको केसीले बताए ।

भिजिट नेपाल ट्वान्टी ट्वान्टीको उदेश्य भेट्न एप सहयोगी हुने अनुमान गरिएको छ । अधिकाशं पर्यटकले ट्याक्सीको माध्यमबाट नै आफ्नो यात्रा तय गर्ने भएकाले सो अनुमान गरिएको हो । ट्याक्सीमाण्डुले उपत्यका भित्रका पर्यटकहरुको यात्रालाई सुरक्षित बनाउने जानकारी दिइएको छ ।

Share News