सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा अर्घाखाँचीमा

<p>काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अर्घाखाँचीमा नयाँ शाखा विस्तार गरेको छ । इन्स्योरेन्सको पहुंच थप विस्तार गर्दै जाने उद्देश्यका साथ इन्स्योरेन्सले आफ्नो १०६औं शाखा अर्घाखाँचीमा विस्तार गरी सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । उक्त नयाँ शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाई र कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेले संयुक्त रुपमा गरेका हुन् [&hellip;]</p>

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अर्घाखाँचीमा नयाँ शाखा विस्तार गरेको छ । इन्स्योरेन्सको पहुंच थप विस्तार गर्दै जाने उद्देश्यका साथ इन्स्योरेन्सले आफ्नो १०६औं शाखा अर्घाखाँचीमा विस्तार गरी सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

उक्त नयाँ शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाई र कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेले संयुक्त रुपमा गरेका हुन् ।

कम्पनीले अर्घाखाँची लगायत आसपासका बासिन्दाहरुलाई स्थानीय स्तरमा नै सहज र सरल किसिमले बीमा शुल्क भुक्तानी, बीमा दाबी, बीमा योजनाहरु सम्बन्धि जानकारी लगायतका विभिन्न जीवन बीमा सेवाहरु उपलब्ध गराउने उद्देश्यले यहि मंसिर २७ गते देखि उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।

बीमा समितिका अध्यक्ष चापागाईले जीवन बीमाको आवश्यक्ता तथा महत्वको बारेमा प्रकाश पार्दैसमाजमा छरिएर रहेको स-सानो बचतलाई बीमा शुल्कको माध्यमबाट संकलन गरी राष्ट्रिय गौरवका विभिन्न परियोजना निर्माण गर्न आवश्यक पुँजी जुटाउन जीवन बीमाले महत्वपूर्ण योगदान पुर्याउनुका साथै देशको राजस्व संकलन र आर्थिक उन्नतिमा समेत मद्दत मिल्ने बताएका छन् ।

Share News