नेपाल बङ्गलादेश बैंकको १२ प्रतिशत लाभांश पारित

<p>काठमाडौं । नेपाल बङ्गलादेश बैंकको प्रस्तावित १२ प्रतिशत लाभांश पारित भएको छ । पुस ७ गते सम्पन्न बैंकको २५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै बैंकका शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ७ प्रतिशत नगद गरी सो मात्राको लाभांश [&hellip;]</p>

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको प्रस्तावित १२ प्रतिशत लाभांश पारित भएको छ । पुस ७ गते सम्पन्न बैंकको २५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेसँगै बैंकका शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ७ प्रतिशत नगद गरी सो मात्राको लाभांश पाउने छन् ।

समिक्षा अवधिमा बैंकको कुल निक्षेप २४.५५ प्रतिशतले वृद्धि भई ५९ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । कुल कर्जा २९.१६ प्रतिशतले वृद्धि भई ५५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । बैंकको वासलातको आकार २४.२४ प्रतिशतले वृद्धि भई ७६ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

Share News