सेलपेमार्फत सस्तोडिलको सामान किन्दा ४० प्रतिशत छुट पाइने

<p>काठमाडौं । ग्राहकले सेलपे मार्फत सस्तोडिलको सामान किन्दा ४० प्रतिशत छुट पाउने भएका छन् । सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपेले क्रिसमस र नियुएयरलाई लक्षित गर्दै सेल-ए-ब्रेसन अफर ल्याएको छ जस अन्तर्गत पहिलो ग्राहकले उक्त छुट पाउने भएका हुन् । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेले ग्राहकलाई खुशीयाली बाड्नको लागि सेल-ए-ब्रेसन [&hellip;]</p>

काठमाडौं । ग्राहकले सेलपे मार्फत सस्तोडिलको सामान किन्दा ४० प्रतिशत छुट पाउने भएका छन् । सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपेले क्रिसमस र नियुएयरलाई लक्षित गर्दै सेल-ए-ब्रेसन अफर ल्याएको छ जस अन्तर्गत पहिलो ग्राहकले उक्त छुट पाउने भएका हुन् ।

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेले ग्राहकलाई खुशीयाली बाड्नको लागि सेल-ए-ब्रेसन अफर ल्याएको हो । जस अन्तर्गत ग्राहकहरुले सस्तोडिल मार्फत प्रथम पटक कुनै पनि सामानकिन्दा ४० प्रतिशत डिस्काउन्ट सेलपे एप्पमा लोयल्टी पोइन्टसको रुपमा पाउनेछन्। साथै, ग्राहकले थप १० प्रतिशत डिस्काउन्ट(डीजेआई, डा. ब्राउन्स्, क्रेन, हिमालय बेबी केयर, बिबिलभ, इनरगाईजर एण्ड एक्स-एज)को सामानको खरिदमा चेकआउट् गर्दा डिस्काउन्ट कुपन पाउनेछन् ।

सस्तोडिलमा सेलपे मार्फत भुक्तानी गरी डिस्काउन्ट पाउनको लागि सस्तोडिल मार्फत सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गुर्नपर्ने छ र ‘पे नाउ’ मा ट्याप गर्नुपर्ने छ । यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गराउनु पर्ने कम्पनीले जनाएको छ ।

Share News