काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० सुरु हुन अब सात दिन मात्र बाँकी छ । सरकारले जनवरी १ मा भ्रमण वर्ष २०२० सुरु गर्ने भनेसँगै भ्रमण वर्ष सुरु हुन अब सात दिन बाँकी रहेको हो । सरकारले भ्रमण वर्ष २०२० को अन्तिम तयारी भइरहेको जनाएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले भ्रमण वर्षको तयारी अन्तिम चरणमा रहेको बताएको छ । मन्त्रालयले भ्रमण वर्षमा प्रमुख पूर्वाधार विकासको काम सक्ने जनाएका छन् । मन्त्रालयले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक ल्याउन समस्या नरहने बताएको छ ।
मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपालमा बाहिरबाट जहाजको उडान बढेको बताए । उनले अझैं केही एयरलाइन्सले अनुमति लिने प्रकियामा रहेको पनि जानकारी दिएका छन् । भ्रमण वर्ष सफल पार्नका लागि हवाई उडानको पनि महत्वपूर्ण भूमिका हुन्छ, केही कम्पनीहरु हवाई उडानका लागि अनुमति लिने प्रक्रियामा छन्, सम्भवतः भ्रमण वर्षमा हवाई कम्पनीले जहाज थप्न सक्छन्,’ उनले भने ।
जनावरी १ मा दशरथ रंगशालामा उद्घाटन कार्यक्रम तीन घण्टाको राखिएको उनले जानकारी दिए । उनले केही काम गरिसकेको अवस्थामा पर्यटक आकर्षक गर्न प्याकेज घोषणाको तयारी गरिएको जनाएका छन्।
भ्रमर्ण वर्षले प्रयाप्त मात्रामा रोजगारीको सिर्जना गर्ने बताउँदै पहिलो शर्तका रूपमा पूर्वधार विकासमा सरकार लागि परेको उनको भनाइ छ । भौतिक पूर्वाधार निर्माणतर्फ डिसेम्बर अन्तिमसम्मा गौतमबुद्ध विमानस्थलको काम सकिने र सन् २०२० मार्चबाट संचालनमा आउने जनाएका छन् । यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्टिय विमानस्थलको काम सन् २०२० भित्र सम्पन्न हुने उनले बताएका छन् ।