हिमालयन बैंकको औसत लाभांश २७.५५ प्रतिशत, बाेनसकाे मुखमा सेयर मूल्य ५०० नजिक

<p>काठमाडौं । ५ माघ २०४९ सालबाट हिमालयन बैंक सञ्चालनमा आएको हो । हालसम्म भएका विभिन्न पुँजी वृद्धि निर्देशनलाई बैंकले बिना मर्जर र प्राप्ति पूरा गर्दै आएको छ । शुरुवातमा ६ करोड रुपैयाँको सेयर पुँजीबाट सञ्चालनमा आएको यो बैंकमा सोही अवधिदेखि वैदेशिक साझेदारको रुपमा हबिब बैंक पाकिस्तान छ । हालै लाहान नगरपालिकामा शाखा विस्तार गरेसँगै बैंकको [&hellip;]</p>

काठमाडौं । ५ माघ २०४९ सालबाट हिमालयन बैंक सञ्चालनमा आएको हो । हालसम्म भएका विभिन्न पुँजी वृद्धि निर्देशनलाई बैंकले बिना मर्जर र प्राप्ति पूरा गर्दै आएको छ ।

शुरुवातमा ६ करोड रुपैयाँको सेयर पुँजीबाट सञ्चालनमा आएको यो बैंकमा सोही अवधिदेखि वैदेशिक साझेदारको रुपमा हबिब बैंक पाकिस्तान छ । हालै लाहान नगरपालिकामा शाखा विस्तार गरेसँगै बैंकको शाखा संख्या ५६ पुगेको छ । बैंकले थप १२ शाखा बिस्तार गर्ने लक्ष्य राखेको छ ।

एशिया र प्यासिफिक क्षेत्रमा व्यापारमा सघाउ पुर्याएकोमा बैंकले सन् २०१९ मा समेत टीएफपी अवार्ड पाएको थियो । एशियाली विकास बैंक (एडीबी) ले प्रदान गर्ने यो अवार्ड बैंकले योसहित तेस्रो पटक पाएको हो ।

हबिब वर्हिगमनको चर्चा

केही समय अघिदेखि नै बैंकको विदेशी साझेदारको रुपमा रहेको हबिब बैंक बाहिरिने चर्चा चलेको छ । यद्यपि हालसम्म यसमा थप प्रगति देखिएको छैन । हालसम्म बैंकमा हबिब बैंकको २० प्रतिशत, नेपालकै संस्थाको ६५ प्रतिशत र बाँकी सर्वसाधारणको सेयर लगानी छ ।

अहिलेको संस्थापक सेयरको बजार मूल्य (४२५ रुपैयाँ) मा बिक्री गरेर बाहिरिए २० प्रतिशत सेयर रहेको हबिबले ७ अर्ब २४ करोड रुपैयाँ लैजानेछ । बेलायती वित्तीय संस्था कमन वेल्थ डेभलपमेन्ट कर्पोरेशनले हबिबको स्वामित्वमा रहेको सेयर किन्ने खबरहरु आएपनि त्यस्तो हुन सकेको छैन ।

एफपीओको मूल्य २ सय मात्र

हालै बैंकलाई राष्ट्र बैंकले सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पुर्याउन निर्देशन दिएको छ । यसो भएमा बैंकले या त १५ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्नुपर्छ । या त थप निष्कासन (फर्दर पब्लिक अफरिङ–एफपीओ) मार्फत पु¥याउनु पर्छ ।

बैंकले एफपीओ जारी गर्ने भएमा २ अर्ब १ करोड रुपैयाँ बराबरको जारी गर्नुपर्ने हुन्छ । बैंकमा अहिले सर्वसाधारणको १५ प्रतिशत सेयर स्वामित्व छ । हाल बैंकले घोषणा गरेको १० प्रतिशत बोनस पछि चुक्ता पूँजी ९ अर्ब ३७ करोड पुग्ने छ ।

सर्वसाधारणको हिस्सा ३० प्रतिशत पु¥याउन बैंकले थप २ अर्ब १ करोडको पुँजी आवश्यक पर्छ । बैंकले एफपीओ जारी गरेमा पुँजी ११ अर्ब ३८ करोड पुग्नेछ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ अनुसार विदेशी लगानी वा संयुक्त लगानीका बैंकको पुँजी राष्ट्र बैंकले समय समयमा तोक्न सक्छ । एकिकृत निर्देशन २०७६ अनुसार बैंकहरुले कुनै कारणले सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पु¥याउन छुट पाएको भए विदेशी लगानी बाहिरीएर नेपाली लगानीकर्ता वा संस्थाले त्यस्तो सेयर खरिद गरेमा सो स्वामित्व अनुपात पुर्याउन पर्ने उल्लेख छ ।

त्यस्तै, प्रिमियम मूल्यमा सेयर बिक्री गर्ने भएमा बैंकले लेखापरीक्षण भएको वित्तीय विवरणमा उल्लेख भएको प्रतिसेयर नेटवर्थभन्दा बढि नहुने गरी थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्नुपर्ने व्यवस्था गरेको छ । प्रारम्भिक सार्वजनिक निष्काशनमा भने अलग्गै विधि अपनाउन सकिने व्यवस्था छ ।

एफपीओ जारी गर्ने भएमा बैंकले करिब १ सय ७४ देखि १ सय ८८ रुपैयाँसम्म मूल्य कायम गर्नुपर्ने देखिन्छ । २०७४/७५ को बार्षिक वित्तीय विवरण अनुसार नेटवर्थ १ सय ७४ र गत आवको चौथो त्रैमाशको वित्तीय विवरण अनुसार १ सय ८८ रुपैयाँ नेटवर्थ छ । गत आवको लेखापरीक्षण सहितको वित्तीय विवरणले भने मूल्यमा समान्य परिवर्तन हुन सक्छ ।

नाफा बढ्यो, खुद व्याज आम्दानी वृद्धि सुस्त

बैंकले चालु आवको पहिलो त्रैमाशमा मात्रै ६९ करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ६.८५ प्रतिशतले धेरै हो ।

बैंकले हालसम्मको नाफाको आधारमा लगानीकर्तालाई १९ करोड रुपैयाँ वितरण गर्न सक्छ । यो भनेको चुक्ता पुँजीको आधारमा २.३३ प्रतिशत हो । आव अन्त्यमा यो दर बढ्न सक्छ ।

विगत पाँच बर्षमा बैंकले बार्षिक औसत २७.५५ प्रतिशत लाभांश बाडेको छ । गत आवमा नाफापछि बैंकले अघिल्लो वर्षभन्दा लाभांशमा वृद्धि गरेको छ । बैंकले १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

बैंकको नाफा रकममा वृद्धि भएपनि मुख्य आम्दानी घटिरहेको छ । बैंकको खुद व्याज आम्दानी ०.५ प्रतिशतले मात्र वृद्धि भएको छ । ३ अर्ब १४ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकको खुद व्याज आम्दानी १ अर्ब ३१ करोड मात्र छ । बैंकको कुल सञ्चालन आम्दानीसमेत २ प्रतिशतले घटेर १ अर्ब ७० करोड रुपैयाँ छ ।

बैंकको सञ्चित कोषमा ८ अर्ब १६ करोड रुपैयाँ रकम छ । बैंकलाई पुँजी केही महंगो पर्न थालेको कोष लागतमा भएको सामान्य वृद्धिले देखाउछ । कोष लागत ६.१४ प्रतिशतबाट बढेर ६.४२ पुगेको छ । खराब कर्जाको दरमा सीमान्त दरमा कटौतति भएपनि कर्जा नोक्सानी सम्भावनाको आधारमा राखेको प्रावधान रकम बढेको छ ।

निक्षेप प्राथमिक पुँजीको आधारमा कर्जा लगानी अनुपात ७४.९८ पुगेको छ । थप लगानी गर्न सक्ने अवस्थामा बैंक छ । हिमालयनले केही समय अघि मात्रै ३ अर्ब रुपैयाँको वण्ड जारी गरेको थियो । गत सोमबार मात्रै वण्ड नेप्सेमा सूचीकृत भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३२.५९ प्रतिशत, मूल्य आम्दानी अनुपात १५.४० प्रतिशत र प्रतिसेयर नेटवर्थ १ सय ९५ प्रतिशत छ ।

ए रेटिङ

६ महिनाअघि ऋणपत्र जारी गर्नुअघि बैंकले केयर रेटिङबाट रेटिङसमेत गरेको छ । केयर रेटिङका अनुसार बैंकका सकारात्मक पक्ष र नकारात्मक पक्षहरु यी हुन्ः

–पर्याप्त पुँजी अनुपात

–मनन योग्य वृद्धि

–ऋण विविधिकरण, उत्पादकमुलक क्षेत्रमा ३७ प्रतिशत, होलसेल क्षेत्रमा १७ प्रतिशतसहित गैरखाद्य उत्पादन क्षेत्रमा कुल २३ प्रतिशत लगानी

–सुविधाजनक अवस्थामा कम लागत पुँजी ४४.७५ प्रतिशत

–सम्रग ब्रैकिङ क्षेत्रकोभन्दा सम्पत्तिको गुणस्तर दर उच्च भएपनि यो सूचक मध्यम

–कर्पोरेट लगानी उच्च ७५.६८ प्रतिशत, एसएमईसहित रिटेलमा लगानी घटेर १९.९७ प्रतिशतमा सिमित

–यो क्षेत्रमा उच्च प्रतिस्पर्धा र बढ्दो नियामकीय जोखिम

प्राविधिक विश्लेषण

बैंकको सेयर मूल्य केही साताअघि मात्रै सन्तुलिन क्षेत्रमा आएको १४ दिने आरएसआई सुचकले देखाइरहेको छ ।

आरएसआईको स्केल ५६.१६ मा आएको छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ ।

केही समयअघिदेखि मूल्य बुलिश प्रवृत्तिमा रहेको छ । सिम्पल मुभिङ एभरेज रेखा क्रसओभर भएको छ, यसमा ७ दिने रेखाले २१ दिने रेखालाई काटेर माथि छ ।

पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा नै रहे ५ सय २२ मा पहिलो प्रतिरोध र घट्ने क्रममा रहे ४ सय ८५ मा टेवा पाउने देखाउँछ ।

बैंकको सेयर मूल्यले अन्तिम दुई दिनमा पहिलो दिन सुटिङ स्टार र दोस्रो दिन सेतो मैनवत्ति आकृति बनेको छ । मूल्य बढ्न सक्ने संकेत यसले गरिरहेको छ । तर, अन्तिम दिनको बन्द मूल्यले त्यसअघिको दिनको उच्च विन्दु पार गर्न नसकेकोले यसलाई बलियो संकेत मान्न सकिने अवस्था छैन । कारोबारको लागि आगामी दिनको मूल्य परिवर्तन हेर्नु सही हुन्छ ।

Share News