अरुण काबेलीको नवौं वार्षिक साधारणसभा सम्पन्न, शेयरधनीले आगामी वर्षदेखि लाभांश पाउने

<p>काठमाडौं । अरुण काबेली पावर लिमिटेडको नवौं वार्षिक साधारणसभा मंगलबार (पुष १५ गते) सम्पन्न भएको छ । उक्त सभा सो दिन नयाँ बानेश्वरको इन्द्रेणी फूड ल्याण्डमा सम्पन्न भएको हो । कम्पनीको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को आर्थिक विवरण अनुमोदन गरी श्री जि. पौड्यल एण्ड एशोसियसनलाई आर्थिक वर्ष २०७६/७७ को लागि बाह्य लेखापरिक्षक नियुक्त गर्ने [&hellip;]</p>

काठमाडौं । अरुण काबेली पावर लिमिटेडको नवौं वार्षिक साधारणसभा मंगलबार (पुष १५ गते) सम्पन्न भएको छ । उक्त सभा सो दिन नयाँ बानेश्वरको इन्द्रेणी फूड ल्याण्डमा सम्पन्न भएको हो ।

कम्पनीको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को आर्थिक विवरण अनुमोदन गरी श्री जि. पौड्यल एण्ड एशोसियसनलाई आर्थिक वर्ष २०७६/७७ को लागि बाह्य लेखापरिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यसैगरी कम्पनीले निर्माण सम्पन्न गरेको काबेली बि-१ जलविद्युत आयोजना २५ मेगावाट २०७६ असोज १६ गते परिक्षण उत्पादन र कार्तिक २३ गतेदेखि व्यापारिक उत्पादन भएको जानकारी दिएको छ ।

कम्पनीले आगामी वर्षदेखि आफ्नो शेयरधनीहरुलाई लाभांश उपलव्ध गराउने संचालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए ।

त्यसैगरी अध्यक्ष न्यौपानेले कम्पनीले निकट भविश्यमा जलविद्युत लगानी सम्बन्धी छलफल गोष्ठी आयोजना गर्ने समेत जानकारी दिएका छन् ।

Share News