
काठमाडौं । सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा एक महिनाभर विविध सामाजिक उत्तरदायित्वका (सीएसआर) कार्यक्रमहरु आयोजना गरी सम्पन्न गरेकाे छ । साे अवधिमा बैंकले रक्तदानदेखि लिएर सरकारी विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
यस्ता छन् बैंकले गरेकाे सामाजिक उत्तर्दायित्वका कार्यक्रमहरुः
१. बैंकले आफ्नो ३८ शाखाहरु मार्फत वार्षिकोत्सवको दिनदेखि एक महिनासम्म आयोजना गरेको रक्तदान कार्यक्रममा कुल १३५४ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ ।

२. बैंकले आफ्नो २८ शाखाहरु मार्फत विभिन्न सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका २८ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

३. व्यास नगरपालिकालाई ५० थान डस्टविन प्रदान गरेको छ ।

४. बैंकले लेखनाथस्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई पनि ५ थान डस्टविन प्रदान गरेको छ ।

५. चन्द्रनिगाहपुर शाखाद्वारा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि २५ हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।

६. बैंकले असहाय सेवा केन्द्र नेपाललाई दृष्टि विहिनहरुको सहयोगार्थ १०० थान विशेष छडी प्रदान गरेको छ ।

७. बैंकको ईलाम स्थित मांईजोगमाई शाखामार्फत श्री आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर प्रदान गरेको छ ।

८. बैंकले झापास्थित सुरुङ्गा शाखामार्फत पुकार डिसएबिलिटि सोसिएल सर्विसलाई वर्षभरीको लागि खाद्यान्न प्रदान गरेको छ ।

९. बैंकको विराटनगर शाखामार्फत नारायण प्राथमिक विद्यालयका ५० विद्यार्थीलाई स्कूल ड्रेस प्रदान गरेको छ ।

१०. निजगढ शाखाको उद्घाटन समारोहमा बैंकले श्री सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाई १ थान प्रिन्टर प्रदान गरिएको छ ।
