बजार विस्तारमा आक्रामक बन्यो एलआईसी नेपाल, चाहेको पैसा व्याजसहित किस्ताबन्दीमा, ७५ लाखको दुर्घटना बीमा

<p>काठमाडौं । एलआईसी नेपालले ‘जीवन बचत’ नामक एकल बीमाशुल्क जीवन बीमा योजना बजारमा ल्याएको छ । उक्त योजना बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले मंगलबार एक समारोहकाबीच सार्वजनिक गरेका छन् । १६ देखी ६५ वर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम १ लाख रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमाङ्कको [&hellip;]</p>

काठमाडौं । एलआईसी नेपालले ‘जीवन बचत’ नामक एकल बीमाशुल्क जीवन बीमा योजना बजारमा ल्याएको छ । उक्त योजना बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले मंगलबार एक समारोहकाबीच सार्वजनिक गरेका छन् ।

१६ देखी ६५ वर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम १ लाख रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ । यस योजनामा बीमा अवधि न्युनतम ५ वर्ष र अधिकतम २५ वर्ष रहेको छ । बीमा परिपक्वतामा आर्जित बोनससहित बीमाड्ढ रकम एकमुष्ठ प्रदान गरिनेछ ।

साथै, यस योजनामा बीमा परिपक्वतापछि बीमितले इच्छा अनुसार ५ देखि १० वर्षभित्र सो रकम तोकिएको व्याजसहित किस्ताबन्दीमा समेत लिन सक्ने विशेषता पनि समावेश गरिएको छ । न्युन बीमाशुल्क भएको यस ‘जीवन बचत’ योजनामा अधिकतम ७५ लाख रुपैयाँसम्मको दुर्घटना लाभसमेत उपलब्ध छ । बीमाशुल्क भुक्तानीको १ वर्ष पश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधा समेत लिन सक्नेछन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एल.पी. दासले यस बीमा योजनामार्फत विविध क्षेत्रका पेशाकर्मी तथा व्यवसायीहरु जसले एकल बीमाशुल्क (मुद्दती निक्षेप जस्तै) भुक्तानी गरी जीवन बीमा समेत प्राप्त गर्न चाहन्छन्, उनीहरुको लागि ‘जीवन बचत’ योजना उपयोगी हुने बताए ।

Share News