नेपाल भ्रमण वर्षकाे कार्यक्रममा कुनै अवराेध भएकाे छैन: दुतावास

<p>काठमाडाैं । नेपाल भ्रमण वर्ष २०२०को अवसरमा सिड्नीमा भएको प्रचार प्रसार कार्यक्रममा कुनै अवरोध नभएको अष्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ। जनवरी ७ मा सिड्नीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईको प्रमुख अतिथ्यतामा भ्रमण वर्षको प्रचारप्रसार गरिएको थियो। सो क्रममा अनुमति नै नलिई प्रचारप्रचार गरिएको भन्दै सुरक्षा निकायले कार्यक्रम अवरोध गरेको भन्दै केही अनलाइनले समाचार [&hellip;]</p>

काठमाडाैं । नेपाल भ्रमण वर्ष २०२०को अवसरमा सिड्नीमा भएको प्रचार प्रसार कार्यक्रममा कुनै अवरोध नभएको अष्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ।

जनवरी ७ मा सिड्नीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईको प्रमुख अतिथ्यतामा भ्रमण वर्षको प्रचारप्रसार गरिएको थियो। सो क्रममा अनुमति नै नलिई प्रचारप्रचार गरिएको भन्दै सुरक्षा निकायले कार्यक्रम अवरोध गरेको भन्दै केही अनलाइनले समाचार सम्प्रेषण गरिएकाप्रति दूतावासको गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे।

दूतावासले विज्ञप्ती जारी गर्दै अष्ट्रेलियाको सहकार्यसँगै कार्यक्रम भएकाले कुनै सुरक्षा निकायबाट कुनै अवरोध नभएको उल्लेख गरेकाे छ । सिड्नीको सर्कुलर कीबाट शुभारम्भ भएको प्रचारप्रसार कार्यक्रममा अष्ट्रेलियन सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको दूतावासले जनाएको छ।

सर्कुलर कीदेखि सिड्नीको प्रमुख पर्यटकीय स्थल ओपेरा हाउससम्म जाने क्रममा ओपेरा हाउसका सुरक्षा गार्डले आफ्नो व्यवस्थापन समितिसँग सम्पर्क गरून्जेलसम्म पर्खन अनुरोध गरेका थिए ।

Share News