कालिका र जनसेवी लघुवित्तबीच एकिकृत कारोबार शुरु, चुक्ता पुँजी २५ करोड नाघ्यो

<p>काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था र जनसेवी लघुवित्त वित्तीय संस्थाबीच एकिकृत कारोबार शुरु भएको छ । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै दुई संस्थाबीच बुधबारदेखि एकिकृत कारोबार शुरु भएको हो । राष्ट्रिय स्तरको कालिका लघुवित्तसँग जनसेवी लघुवित्त गाभिए पश्चात स्याङ्जा स्थित कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयबाट एकिकृत कारोबारको शुरुवात भएको हो । गाभिएपश्चात [&hellip;]</p>

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था र जनसेवी लघुवित्त वित्तीय संस्थाबीच एकिकृत कारोबार शुरु भएको छ । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै दुई संस्थाबीच बुधबारदेखि एकिकृत कारोबार शुरु भएको हो ।

राष्ट्रिय स्तरको कालिका लघुवित्तसँग जनसेवी लघुवित्त गाभिए पश्चात स्याङ्जा स्थित कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयबाट एकिकृत कारोबारको शुरुवात भएको हो । गाभिएपश्चात बनेको नयाँ संस्थाको नयाँ सञ्चालक समितिका अध्यक्ष विकास गौचनको अध्यक्षता राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द पौडेलको प्रमुख आतिथ्यता र पुर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको आतिथ्यतामा एकिकृत कारोवार शुरु भएको संस्थाका प्रमुख कार्यकारी अधिकृतमिन बहादुर बोहराले बताए ।

मर्जर पश्चात बनेको संस्थाको चुक्ता पुँजी २५ करोड २३ लाख ३० हजार र अधिकृत पुँजी ५० करोड रुपैयाँ रहेको छ । संस्थाले हाल २८ वटा जिल्लामा ९६ वटा शाखा संख्या सञ्जाल विस्तार सहित ५९ हजार सदस्यहरुलाई ३९२ जना कर्मचारीहरु मार्फत सेवा पुर्याइरहेको छ ।

गाभिएपश्चात बनेकाे नयाँ संस्थाले १ अर्ब ४७ लाख रुपैयाँ निक्षेप संकलन सहित सदस्यहरुलाई २ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कर्जा सेवा दिइरहेको संस्थाका नायब कार्यकारी अधिकृत कमल बहादुर खत्रीले जानकारी दिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव मिन बहादुर बोहराले चालु आर्थिक वर्ष भित्रमा नै थप २० वटा नयाँ शाखाहरु विस्तार सहित शेयरधनीहरुलाई उत्कृष्ट प्रतिफल प्रदान गर्ने योजना रहेको बताए ।

Share News