७ वटा सामुदायिक विद्यालयलाई बेष्ट फाइनान्सको सहयोग

<p>काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडले ७ वटा सामुदायिक विद्यालयलाई सहयोग गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी उपशाखाको सहकार्यमा काठमाडौं स्थित विभिन्न ७ बटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबीच अन्तर माध्यामिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता सञ्चालन गरी उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत र सम्मान गरेको हो । सो अवसरमा बेष्ट फाइनान्सका प्रमुख [&hellip;]</p>

काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडले ७ वटा सामुदायिक विद्यालयलाई सहयोग गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी उपशाखाको सहकार्यमा काठमाडौं स्थित विभिन्न ७ बटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबीच अन्तर माध्यामिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता सञ्चालन गरी उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत र सम्मान गरेको हो ।

सो अवसरमा बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले उत्कृष्ठ हुने विद्यार्थीहरुलाई बधाइ दिँदै लेखन कार्यमा विद्यार्थीहरुको सहभागिता प्रशंसनीय रहेको बताए । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले विगत देखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहभागिता जनाउँदै आईरहेको तथा सो कार्य नियमित गर्दै जाने बताइएको छ ।

काठमाडौंको कमलादीमा केन्द्रिय कार्यालय रहेको राष्ट्रिय स्तरको यस फाइनान्स कम्पनीले १४ शाखा मार्फत मुलुकका विभिन्न शहरहरुबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेकाे संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

Share News