सांग्रिला डेभलपमेन्ट बैंकको नगद लाभांश पारित, बाह्य लेखापरीक्षकमा कार्की नियुक्त

<p>काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रस्तावित ८.९५९३ प्रतिशत नगद लाभांश(कर सहित) पारित भएको छ । विकास बैंकको पुस २९ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरको हो । सभाले पारित गरेसँगै संस्थाले शेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको दरले हुन आउने २३ करोड ३५ लाख ३७ हजार २९६ रुपैयाँ [&hellip;]</p>

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रस्तावित ८.९५९३ प्रतिशत नगद लाभांश(कर सहित) पारित भएको छ । विकास बैंकको पुस २९ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरको हो ।

सभाले पारित गरेसँगै संस्थाले शेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको दरले हुन आउने २३ करोड ३५ लाख ३७ हजार २९६ रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । हाल विकास बैंकको चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख रुपैयाँ रहेको छ ।

साथै, सभाले चालु आर्थिक वर्ष. २०७६/७७ को लागि श्याम कार्की एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई बाह्य लेखापरिक्षकमा नियुक्त गरेको छ ।

हाल यस विकास बैंकले ८९ शाखा कार्यालयहरु, २६ एटिएममार्फत बैंकिङ् सेवा दिँदै आएको छ ।

Share News