काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० अंकले बढेको छ ।
परिसूचक १.६५ प्रतिशतले बढेर १२८४.२३ बिन्दुमा पुगेको छ ।
बुधवार सेयर बजारमा १७७ कम्पनीको सेयर खरिदविक्री भए । नेप्सेले दिएको जानकारी अनुसार ३० लाख ५५ हजार २ सय ३३ कित्ता सेयर किनबेच हुँदा ९० करोड ४८ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ ।
३ समुह राता, अरु हरियो
होटल समूह ३.५४, उत्पादनमूलक समूह १६.०६, अन्य समूह ०.८४ अंकले घटेका छन् ।
बैक २७.१६, ट्रेडिङ समूह ६३.४७, विकास बैक ३५.४२, जलविद्युत समूह ४.२९, वित्तीय समूह २०.१२, निर्जीवन बीमा समुह २३.६३, माइक्रो फाइनान्स समूह २७.२, जीवन बीमा समूह ८१.०७, म्यूचुअल फण्ड समूह ०.०६ अंकले बढेका छन् ।
विशाल बजार कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतले सबैभन्दा धेरै कमाइ गरेका छन् । यस्तै, रैर्याङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका लगानकर्ताले ७.२७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।