यस कारण दिए नेपाल एयरलाइन्सका पाइलटले सामूहिक राजिनामा पत्र

<p>काठमाडाैं । नेपाल एयरलाइन्सका २ दर्जन पाइलटले एकसाथ सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । २० जना पाइलटले  एक पत्रमा सामूहिक हस्ताक्षर गर्दै बिहिबार राजिनामा दिने चेतावनी दिएका हुन् । सेवा–सुविधा कम भएको, विदेशी र स्वदेशी पाइलटलाई विभेद भएको भन्दै ए ३२० र ए ३३० जहाज जहाज उडाउने २ दर्जन पाइलटले बिहीबार साँझ व्यवस्थापनसमक्ष लिखित पत्र [&hellip;]</p>

काठमाडाैं । नेपाल एयरलाइन्सका २ दर्जन पाइलटले एकसाथ सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । २० जना पाइलटले  एक पत्रमा सामूहिक हस्ताक्षर गर्दै बिहिबार राजिनामा दिने चेतावनी दिएका हुन् ।

सेवा–सुविधा कम भएको, विदेशी र स्वदेशी पाइलटलाई विभेद भएको भन्दै ए ३२० र ए ३३० जहाज जहाज उडाउने २ दर्जन पाइलटले बिहीबार साँझ व्यवस्थापनसमक्ष लिखित पत्र बुझाएका छन् । निगमका पाइलट लामो समयदेखि सेवा–सुविधाको विषयलाई लिएर रुष्ट थिए ।

उनीहरूले ३ महिनामा माग पूरा नभए राजीनामा दिने पत्रमा उल्लेख गरेका छन । व्यवस्थापनबाट राजीनामा स्वीकृत भएमा निगमका अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन् ।

Share News