सेयर बजारमा फेरि हरियाली, परिसूचक २३.९५ अंकले बढ्यो, कारोबार अर्ब नजिक

<p>काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । पुँजी बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.९५ अंकले बढेको छ । परिसुचक १.८८ प्रतिशतले बढेर १३००.६२ बिन्दुमा पुगेको हो । सोमबार सेयर बजारमा १ सय ८० कम्पनीले कारोबार गरेका छन् । २४ लाख ९ हजार २ सय ६२ कित्ता सेयर किनबेच [&hellip;]</p>

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । पुँजी बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.९५ अंकले बढेको छ ।

परिसुचक १.८८ प्रतिशतले बढेर १३००.६२ बिन्दुमा पुगेको हो । सोमबार सेयर बजारमा १ सय ८० कम्पनीले कारोबार गरेका छन् । २४ लाख ९ हजार २ सय ६२ कित्ता सेयर किनबेच हुँदा ९१ करोड ७३ लाख ५९ हजार ८ सय ६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजार बन्द हुँदा नेप्सेका सबै सूचक हरिया छन् । बैक समूह १८.०१, टे«डिङ्ग समूह ३४.५९, होटल समूह ८३.३२, विकास बैक समूह ४३.८१, जलविद्युत कम्पनी १९.५१, वित्तिय समूह २.८६, निर्जीवन बीमा समूह १४९.७६, उत्पादन मूलक समूह ९.८६, अन्य समूह ५.१५, माइक्रोफाइनान्स समुह ६६.४३, जीवन बीमा समूह १७४.०३, म्युचुअल फण्ड समूह ०.०४ अंकले बढ्न पुगेका छन् ।

नेरुडे लघुवित्त विकास बैकका लगानीकर्ताले ७.९५ प्रतिशतले सबैभन्दा धेरै नाफा गरेका छन् । यस्तै, जोशी हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ३.०७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Share News