सचिव केदार बहादुर अधिकारी वायुसेवा निगमको अध्यक्ष हुने पक्का

<p>काठमाडाैं । नेपाल वायु सेवा निगमको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी नियुक्त हुने भएका छन् । सरकारले सचिव अधिकारीलाई निगमकाे अध्यक्ष बनाउने निर्णय गरेकाे जनाइएकाे छ । मन्त्रिपरिषद् विशेष स्रोतका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले पर्यटन सचिव अधिकारीलाई अध्यक्ष तोक्ने निर्णय गरेको छ ।  तत्कालीन नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएसँगै रिक्त [&hellip;]</p>

काठमाडाैं । नेपाल वायु सेवा निगमको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी नियुक्त हुने भएका छन् । सरकारले सचिव अधिकारीलाई निगमकाे अध्यक्ष बनाउने निर्णय गरेकाे जनाइएकाे छ ।

मन्त्रिपरिषद् विशेष स्रोतका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले पर्यटन सचिव अधिकारीलाई अध्यक्ष तोक्ने निर्णय गरेको छ ।  तत्कालीन नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएसँगै रिक्त रहेको अध्यक्ष पदमा मन्त्रालयका सचिव केदार बहादुर अधिकारीलाई बनाउने निर्णय गरेको हो ।

महाप्रबन्धक भन्दा माथि नयाँ पद सिर्जना गरी ल्याइएको खरेलले पहिलो कार्यकालमा एक वर्ष नपुग्दै राजीनामा दिएपछि २०७५ भदौमा पुनः नियुक्त भएका उनले १४ महिना पनि नपुग्दै राजीनामा दिएका थिए ।

सरकारले पुनः सचिवलाई नै तोक्ने व्यवस्थामा फर्किनुको कारण चरम अव्यवस्था नै भएको स्रोतको ठम्याई छ । सचिवलाई अध्यक्ष बनाउनु संस्थागत हिसाबले एकदमै उपयुक्त कदम भएको मन्त्रालयको भनाई छ ।

२०७५ भदौमा मदन खरेललाई वायुसेवा निगममा नियुक्त गर्नु पूर्व पर्यटन सचिव नै सञ्चालक समितिका अध्यक्ष रहेको भए पनि २०६९ मा खुल्ला प्रतिस्पर्धाबाट महाप्रबन्धक बनेर २९ महिनामै राजीनामा दिएका खरेललाई दोस्रो पटक २०७५ भदौमा निगमको कार्यकारी अध्यक्ष बनाउनको लागि तत्कालीन पर्यटन सचिवलाई अध्यक्षबाट हटाएको थियो ।

 

Share News