
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई माइक्रोफाइनान्सको ३१ लाख ८६ हजार ८४० कित्ता सेयर सूचीकृत भएको छ । शुक्रबार समता र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद र बोनस गरी सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।
जसमध्ये समता माइक्रोफाइनान्सको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । त्यस्तै, मेरो माइक्रोफाइनान्सको १९ लाख ७३ हजार ४०० कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।