१० कित्ते नीति मलाई मन परिरहेको छैन, अध्ययन गरेर निर्णय गर्छाैंः बोर्डका अध्यक्ष ढुंगाना

<p>काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सेयर भर्ने सबैलाई सेयर दिने नीतिमा पुनर्विचार गर्ने बताएका छन् । सबैलाई सेयर दिने नीति कार्यान्वयन गर्दा लगानीकर्ताको लागत नै नउठ्ने अवस्था रहेकोले पुनर्विचार आवश्यक रहेको बताएका हुन् । बोर्डले केही वर्ष अगाडिदेखि सेयर भर्ने जति सबैले कम्तिमा १० कित्ता सेयर पाउने नीतिगत व्यवस्था कार्यान्वयन गरिरहेको छ । बोर्ड [&hellip;]</p>

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सेयर भर्ने सबैलाई सेयर दिने नीतिमा पुनर्विचार गर्ने बताएका छन् । सबैलाई सेयर दिने नीति कार्यान्वयन गर्दा लगानीकर्ताको लागत नै नउठ्ने अवस्था रहेकोले पुनर्विचार आवश्यक रहेको बताएका हुन् ।

बोर्डले केही वर्ष अगाडिदेखि सेयर भर्ने जति सबैले कम्तिमा १० कित्ता सेयर पाउने नीतिगत व्यवस्था कार्यान्वयन गरिरहेको छ । बोर्ड अध्यक्ष भएको एक महिना पनि नवित्दै अध्यक्ष ढुंगानाले सो नीतिको प्रभावकारिता माथि अध्ययन गर्न लागेका हुन्।

‘सबै नीति र कार्यक्रमहरु समय सापेक्ष हुन्छन्, पर्याप्त मात्रामा साधन नभएका, केही सिकाउनु पर्ने र बानी पार्नको लागि त्यस्ता व्यक्तिका लागि १० कित्ता सेयर दिने नीति ठिकै हो तर कोही मान्छे लगानीकर्ताको रुपमा बजारमा आउँछ भने उसलाई १० कित्ता दिनु ठीक होइन,’ अध्यक्ष ढुंगानाले विकासन्युजसँग भने ।

१० कित्ता सेयर किनेपछि पनि डिम्याट गराउनु पर्ने भएकोले त्यसमा पर्ने लागत, डिम्याट खाता त्यसै हेर्न नमिल्ने भएकोले इन्टरनेट चलाउनु पर्ने, डिभिडेन्ट खातामा जम्मा गर्दाको शुल्क तथा सो सेयर बिक्री गर्दा लाग्ने खर्च जस्ता कारणले यो नीति त्यति ठीक नदेखिएको उनको भनाइ छ ।

‘स्थानीय जनतालाई १० कित्ता दिनै पर्ने नीति ठिक हो, लगानीकर्ताको लागि ठीक होइन, यसलाई हामीले समय सापेक्ष रुपमा परिवर्तन गर्नुपर्छ, यसको लागि एक पटक अध्ययन गरेर हेरौं के कस्तो असर परेको पाइदो रहेछ, मलाई व्यक्तिगत रुपमा भने ठीक लागिरहेको छैन,’ अध्यक्ष ढुंगानाले थपे ।

Share News