२४औं वार्षिकोत्सवको अवसर पार्दै आइएमई ट्राभल्सले ल्यायो आकर्षक योजना

<p>काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभल्सले सोमबार  आफ्नो २४औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रमको अवसरमा ट्राभल्सले विभिन्न योजनासमेत ल्याएको छ । सेवाग्राहीमुखी योजना अन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रा गर्ने एक जनालाई गोला प्रथाबाट छनोट गरी चन्द्रगिरी रिसोर्टमा एक रात खाने–बस्ने सहितको सुबिधा निशुल्क उपलब्ध गराउने जनाएको छ । यस्तै, ट्राभल्सले [&hellip;]</p>

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभल्सले सोमबार  आफ्नो २४औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रमको अवसरमा ट्राभल्सले विभिन्न योजनासमेत ल्याएको छ । सेवाग्राहीमुखी योजना अन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रा गर्ने एक जनालाई गोला प्रथाबाट छनोट गरी चन्द्रगिरी रिसोर्टमा एक रात खाने–बस्ने सहितको सुबिधा निशुल्क उपलब्ध गराउने जनाएको छ ।

यस्तै, ट्राभल्सले हवाई टिकट खरिद गर्ने मध्यबाट १ जनालाई सोहीअनुरुप छनोट गरी माउन्टेन फ्लाइटको टिकट निशूल्क उपल्ब्ध गराइने भएको छ । उक्त योजनाहरु फेब्रुअरी,मार्च र अप्रिलभर लागु हुने जनाइएको छ ।

आइएमई ट्राभलले पर्यटनक्षेत्रको समग्र बिकासको लागि सेवाग्राहीमुखी योजनाहरू सार्वजनिकगर्दै आफ्नो २४औं वार्षिकोत्सव मनाएको हो ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र बिकासको मेरुदण्डको रुपमा रहेको पर्यटन,उद्योग र यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण व्यबसायीलाई पर्यटन बिकासका लागि आफ्नो तह र तप्काबाट राज्यले निर्दिष्ट गरेका मापदण्डभित्र रहेर काम गर्न आग्रह गरे ।

उनले नेपालका बिभिन्न मनोरम हिमश्रृंखलाहरु लगायत साँस्कृतिक सम्पदाहरुको जगेर्ना गरी विश्व पर्यटन बजारमा आफुलाई स्थापित गर्न ब्यबसायी, पर्यटन बोर्ड र नेपाल सरकारले संयुक्त रुपमा सेवाग्राहीमुखी योजना ल्याउनुपर्ने धारणा राखे ।

आइएमई ट्राभल्सका प्रमुखकार्यकारी अधिकृत बिनोद सापकोटाले आन्तरिक पर्यटनको प्रवद्र्घन र विकासका लागि विभिन्न खालका कार्यक्रमहरू संचालन गर्दै सामाजिक उत्तरदायित्वको भाबनाका साथ अघि बढ्ने बताए ।

Share News