
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको २ लाख ४८ हजार ८८० कित्ता बोनस सेयर सूचीकृत भएको छ । बुधबार मात्रै संस्थाको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।
नुवाकोटको ककनीमा केन्द्रिय कार्यालय रहेको संस्थाको हालसम्म २३ लाख २२ हजार ८८० कित्ता सेयर नेप्सेमा सूचीकृत रहेको छ । बजारमा संस्थाको सेयर मूल्य प्रतिकित्ता ७३० रुपैयाँ रहेको छ ।