काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाको बिहीबार (माघ २३ गते)देखि सेयर कारोबार रोक्का भएको छ । सजिलो लघुवित्त वित्तीय संस्थासँग मर्ज हुने प्रयोजनको लागि संस्थाको आजदेखि सेयर कारोबार रोक्का भएको हो ।
यी दुई संस्था एक आपसमा गाभिने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएसँगै संस्थाको दोश्रो बजारमा सेयर कारोबार बन्द भएको हो । उक्त मर्जर सम्बन्धि काम सम्पन्न नभएसम्म संस्थाको सेयर कारोबार बन्द हुने छ ।