सेञ्चुरी बैंकले पौने ७ प्रतिशत लाभांश दिने

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीलाई पौने ७ अर्थात ६.७५ प्रतिशत लाभांश दिने घोषणा छ । माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । बैठकले असार मसान्तमा कायम चुक्ता पुँजीको २ प्रतिशत बोनस र कर सहित ४.७५ प्रतिशत नगद गरी सो मात्राको लाभांश [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीलाई पौने ७ अर्थात ६.७५ प्रतिशत लाभांश दिने घोषणा छ । माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

बैठकले असार मसान्तमा कायम चुक्ता पुँजीको २ प्रतिशत बोनस र कर सहित ४.७५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । २ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ नाघ्ने छ ।

Share News